भोटेकोशी–त्रिशूली बाढी र जलवायु न्यायबारे ३ महिनाभित्र सशक्त प्रतिवेदन दिन्छौँ : गणेश पराजुली

  • बुधबार १४ असो २०८३ ०३:५४ PM
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित सभापति पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समितिमा रहेका सबै दलका सदस्यहरूको सर्वसम्मत समर्थनबाट सभापति चयन भएका पराजुलीले शपथ ग्रहणलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै