ग्लोबल आइएमई क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

  • बुधबार १४ असो २०८३ ०२:१९ PM
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौँमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभाको कार्यक्रम कम्पनीका सचिव छविलाल शर्मा पौडेलले सञ्चालन गरेका थिए। साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले मुलुकको आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा पनि कम्पनीले शेयरधनीलाई प्रतिफल प्रदान गर्न सफल भएको बताए। कम्पनीको प्रगतिमा सहयोग पुर्‍याउने शेयरधनी, कर्मचारी तथा सम्बन्धित सबैप्रति उनले धन्यवाद व्यक्त गरे। साधारणसभाले आर्थिक ... The post ग्लोबल आइएमई क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित appeared first on Kalika Khabar.