काठमाडौँ । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने कम्पनीले जनाएको छ। ‘ह्वेन पावर मिट्स पावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीको भनाइ छ। ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन तथा मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीले जनाएको छ। बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको छ। ढाँटसँगको ... The post पल्सर एनएसको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट appeared first on Kalika Khabar.