बारामा प्रहरीले २ किलो ९७० ग्राम अफिमको चोपसहित दुई जनालाई पक्राउ गरेको छ। मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका विभिन्न स्थानबाट अफिमको चोप संकलन गरी तराई–मधेशका विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २०८३ असोज