गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले मन खोलेर आफ्ना समस्या र कानुनी जटिलता राख्न सकून् भन्ने उद्देश्यले यसपटक लामो समयसम्म खुला छलफल गरिएको स्पष्ट पारे । हेलिकप्टर उडानको खर्चबारे विभिन्न टीकाटिप्पणी