हिमलुङ हिमपहिरो : थप तीन शव भेटिए, मृतकको संख्या ७ पुग्दा ९ जना अझै बेपत्ता

  • बुधबार १४ असो २०८३ ०१:१८ PM
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो। उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग