बाढी पहिरोले अवरुद्ध सडक खुलाउँदै नेपाली सेना

  • बुधबार १४ असो २०८३ ०२:०४ PM
बाढी, पहिरो तथा डुबानका कारण अवरुद्ध भएका विभिन्न सडक खुलाउन नेपाली सेनाले सक्रियता बढाएको छ। नेपाली सेनाका अनुसार पर्वतको जलजला गाउँपालिका–८ स्थित लस्ती र केराबारी तथा कुश्मा नगरपालिका–१ मालढुङ्गामा अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाइएको छ। त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा अवरुद्ध सडकसमेत स्थानीय तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेनाको टोलीले अवरोध हटाएर सञ्चालनमा ल्याउन सहयोग गरेको