काठमाण्डु- लोककल्याणकारी विज्ञापनको रकम कटौतीको विषयबाट सुरू भएको विवाद अहिले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालबीचको आरोप–प्रत्यारोपसम्म पुगेको छ। विज्ञापनको दर निर्धारणको विषयलाई लिएर सुरू भएको असन्तुष्टि अहिले व्यक्तिमाथि लगाइएको आरोप, संस्थागत मर्यादा र काउन्सिलको भूमिकासम्म तानिएको छ। एकातिर पत्रकार महासंघ लोककल्याणकारी विज्ञापनको रकम आधासम्म कटौती हुँदा देशभरका स्वरोजगारमूलक छापामाध्यम प्रभावित भएको भन्दै आन्दोलनमा