प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक समितिमा पठाइयो

  • बुधबार १४ असो २०८३ १२:११ PM
प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानुनी तथा न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । बुधबारको संसद् बैठकमा मन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन