सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

  • बुधबार १४ असो २०८३ ११:३५ AM
काठमाण्डु- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई व्यवस्थित र नियमन गर्न आवश्यक कानुनी व्यवस्था गर्न