काठमाडौं । सरकारले पत्रपत्रिकालाई उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनको नयाँ दर वैज्ञानिक, वस्तुनिष्ठ र प्रचलित कानुनअनुसार निर्धारण गरिएको दाबी गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापनको दर निर्धारण गर्दा पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन प्रकाशनको संख्या, पुरानो दररेट र महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनलाई आधार बनाइएको प्रतिनिधिसभालाई जानकारी दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका