काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)चंकी क्षेत्री एसोसिएसन अफ इन्स्योरेर्स एन्ड रिइन्स्योरेर्स अफ डेभलपिङ कन्ट्रीज (एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन् । जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जनरल मेम्बरसिप मिटिङबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी एआईआरडीसीको एग्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको