सरकारको कार्यक्षमतामा एमाले सचिव अर्यालको प्रश्न- ‘जनतालाई ग्याँस त दिनुस्’

  • बुधबार १४ असो २०८३ १२:०५ PM
नेकपा (एमाले) की सचिव पद्या अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति प्रश्न उठाएकी छन् । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले जनताको आधारभूत आवश्यकता पूरा गर्न तथा महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाइन् । सरकारले ठूला सपना बाँड्नुभन्दा जनतालाई तत्काल राहत दिने काममा ध्यान दिनुपर्ने उनको भनाइ छ । जनताको