विराटनगर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा बुधबार दिउँसो झडप भएको छ । मनोनयन दर्ता हुनुअघि नै प्रतिनिधिको नामावलीलाई लिएर विवाद बढेपछि २ पक्षबिच झडप भएको हो । सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताको तयारी भइरहेका बेला विवाद चर्किएको थियो । विवादपछि कुटपिट र तोडफोडको अवस्था सिर्जना भएको