विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुली निर्वाचित

  • बुधबार १४ असो २०८३ ०३:२४ PM
काठमाडौ । विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्वाचित भएका छन्। सभापतिमा पराजुलीको एकल उमेदवारी परेको थियो। समतिको बैठकबाट उनी सभापति निर्वाचित भएका हुन्। मंगलबार भएको उमेदवारी मनोनयनमा उनको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद मोहन आचार्य थिए। पराजुलीको उमेदवारीमा संसद्‌मा रहेका अरू दलले समर्थन जनाए। समर्थकमा नेकपा (एमाले) का सांसद पुष्पराज कँडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेश मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र रास्वपाकी निशा डाँगी रहे। गएको भदौ १० गते गएको रसुवा बाढीबारे असोज ५ गते समिति गठन भएको थियो । १५ सदस्यीय समितिमा संसद्‌मा रहेका सबै दलको प्रतिनिधित्व छ।