विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा विवाद चर्किएपछि झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार भएको घटनापछि मनोनयन दर्तासहितको निर्वाचन प्रक्रिया प्रभावित भएको हो। मनोनयन दर्ताका क्रममा प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषय उठेपछि विवाद सुरु भएको प्रत्यक्षदर्शी क्षेत्रीय प्रतिनिधिहरूले बताएका छन्। विवाद बढ्दै गएपछि अधिवेशनस्थलमा तोडफोडसमेत भएको उनीहरूको भनाइ छ। घटनामा केही व्यक्ति घाइते भएको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइतेहरूलाई उपचारका लागि विराटनगर ल्याउने तयारी गरिएको थियो। घटनापछि अवस्था नियन्त्रणमा ... The post मोरङ–६ कांग्रेस अधिवेशनमा तनाव, झडपपछि निर्वाचन प्रक्रिया अवरुद्ध appeared first on Kalika Khabar.