एमालेमा ओलीको ‘एकता मन्त्र’ : शत्रुको लात सहने तर आफ्नै साथीको आलोचना नसहने प्रवृत्ति बन्द गरौँ

  • बुधबार १४ असो २०८३ ०९:५३ AM
काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेद बिर्सेर आन्तरिक एकता थप सुदृढ गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन निर्देशन दिएका हुन्। पार्टीभित्र एकअर्काका