काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारले तत्काल नोटबन्दी गर्नुपर्ने माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले ३५ वर्षदेखि देशमा भ्रष्टाचार र अनियमितताबाट आर्जन गरिएको कालो धन नियन्त्रण गर्न नोटबन्दी आवश्यक रहेको बताएका हुन्। उनले विगतमा देश लुटेर जम्मा गरिएको भनिएको कालो धन सरकारले जफत गरी बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए।