काठमाण्डु– मिनी संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीच भनाभनको अवस्था आएको छ। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्ता र प्रतिपक्षको जुहारी चलेको हो । सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले गत वर्ष भदौमा भएको ‘जेन-जी आन्दोलन’ सँग सम्बन्धित विषय उठाएपछि विवाद भएको हो । कर्णले