बुद्ध एयरको वार्षिकोत्सव अफर : शिशुको टिकटमा ५० प्रतिशत छुट

  • बुधबार १४ असो २०८३ ०८:१९ AM
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा शिशु यात्रुका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले शिशुको टिकट भाडामा ५० प्रतिशत छुट दिने भएको हो । यो छुट अक्टोबर १ देखि ११, २०२६ (असोज १५ देखि २५ गतेसम्म) लागू हुनेछ । बुद्ध एयरका अनुसार यस योजनाअन्तर्गत यात्रा गर्ने