महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन तथा निरीक्षणमा जुटेको हो । जोशीले अध्ययन टोलीले पुलको अवस्थाबारे विस्तृत अनुगमन गर्ने जानकारी