सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फको सडकमा समस्या नरहेको बताएका छन् । उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताए । चिनियाँ पक्षले सडकको अवस्था देखाउँदै तातोपानी नाका बन्द गरेपछि नाका खुलाउन परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका