एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित

  • बुधबार १४ असो २०८३ ०१:२६ PM
काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् ।  जापानको ऐचि इन्टरनेसनल एरिनमा आज भएको खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् । महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन् । त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङ्कङकी वङ का लीसँग पराजित भइन् । त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङ्कङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।