रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

  • बुधबार १४ असो २०८३ ०७:४७ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । असोज १७ गते वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने गरी बैठक बोलाइएको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले १७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गरेका छन् । बैठकको एजेन्डा बारे खुलाइएको छैन ।