काठमाण्डु– प्रतिनिधिसभाको अर्थ समितिले पूँजी बजार सुधारका लागि धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री तथा लगानीकर्ताको हित सुरक्षित हुने गरी कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ