हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

  • बुधबार १४ असो २०८३ ०८:०८ AM
मनाङ । घट्टेखोलाको लेदोसहितको बाढीले ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि तालकै रूपमा रहेको छ । नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बग्न थाले पनि पुलको दायाँ र बायाँतर्फ पानी जमेको अवस्थामा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको बहाव सञ्चालन गर्न दुवैतर्फबाट एक्साभेटर