कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल चुडिएको छ । महाकाली नदीको बाढीले बुधबार बिहान झोलुङ्गे पुलको बीचको भाग भत्काएपछि आवतजावत ठप्प भएको हो । नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग नदीमा बगेको प्रहरीले जनाएको छ । नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलमध्ये एक मानिने यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । यसको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ । The post महाकालीको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्कायो, आवतजावत ठप्प appeared first on Kalika Khabar.