काठमाण्डु- मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले सहजै पराजित गर्यो । मार्वलसका लागि सिनेप शाहीले २६ स्कोर गरे । उपाधिसँगै मार्वलसले २५ हजार तथा संस्कृतिले १५ हजार