काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतारको राजधानी दोहामा आयोजित एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते कतार गएका थिए । बैठकमा नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यका विषयमा छलफल