परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक छलफलमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको जानकारी दिए। उनले उपयुक्त समयमा भ्रमणलाई परिणाममुखी र अर्थपूर्ण बनाउने