मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी

  • बुधबार १४ असो २०८३ ०७:०१ AM
मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको नेतृत्वमा गरिएको अध्ययनमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूको समेत महत्वपूर्ण भूमिका रहेको छ । अध्ययनका क्रममा मंगल ग्रहको जेजेरो क्रेटरस्थित ‘ब्राइट एन्जल’ नाम दिइएको चट्टानी संरचनामा विभिन्न खनिज र जैविक पदार्थ भेटिएका छन् ।