बाढीपहिरोले यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध

  • बुधबार १४ असो २०८३ ०६:१४ AM
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ । त्यस्तै, बागमती गाउँपालिका–३ ताकुर्चेस्थित कान्तिलोकपथमा असोज १२ गते दिउँसो गएको पहिरोका कारण सडक अझै पूर्णरूपमा अवरुद्ध छ । मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित ... The post बाढीपहिरोले यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध appeared first on Kalika Khabar.