टोकियो । जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ । विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ । सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो । जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ