काठमाडौं । नेपालको पुँजी बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्ताको घट्दो विश्वासप्रति संसदीय अर्थ समितिको बैठकमा गम्भीर चासो व्यक्त गरिएको छ । बुधबार बसेको समितिको बैठकमा लगानीकर्ताका प्रतिनिधिहरूले दोस्रो बजारलाई बलियो बनाउन नियामक निकायको प्रभावकारी भूमिका र नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । बैठकमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारको वर्तमान अवस्थाका लागि