मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका सामान बोकेर महिला, बालबालिका तथा पुरुष समूहमा नेपाल प्रवेश गर्ने क्रमसँगै सुरक्षाकर्मी र तस्करबीच झडपका घटना पनि सार्वजनिक हुन थालेका छन् । गत असोज ७ गते राति सिर्सिया नाकामा ड्युटीमा खटिएका दुई सशस्त्र