एजेन्सी– अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक तेस्रो देशमा तीव्र रूपमा निर्वासन गर्ने कार्यक्रम तत्कालका लागि पुनः सञ्चालन गर्न अनुमति दिएको छ। मंगलबार जारी आकस्मिक आदेशमार्फत सर्वोच्चले तल्लो अदालतले रोक लगाएको उक्त नीति अस्थायी रूपमा कार्यान्वयन गर्न बाटो खोलेको हो। यद्यपि, सर्वोच्च अदालतले तेस्रो देशमा आप्रवासी निर्वासनसम्बन्धी नीतिको वैधानिकताबारे अन्तिम