काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकका अनुसार अगस्ट २०२६ मा नेपालका विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको