काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो । गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ । “गत असोज ७ गते रातिदेखि परेको ... The post अविरल वर्षापछि अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा खुल्ने, १ बजेदेखि सबै सवारी चल्न पाउने appeared first on Kalika Khabar.