नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो । ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र