चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार

  • मङगलबार १३ असो २०८३ ०३:२० PM
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी र पहिरोमा परी देशभर २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशभर विपद्का ५४२ वटा घटना घटेका छन्