बाणगंगा, १३ असोज ।सिद्धार्थ सामाजिक विकास केन्द्रले समुदाय रूपान्तरणका क्षेत्रमा गर्दै आएका काम प्रशंसनीय रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनुभएको छ । बाणगंगा नगरपालिका-४ ठाकुरापुरमा मंगलबार आयोजित संस्थाको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उहाँले बालबालिका, महिला, मुस्लिम समुदायका महिला, विपन्न वर्ग तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा संस्थाले उल्लेख्य काम गर्दै आएको बताउनुभयो