विदेशी विश्वविद्यालय सम्बद्ध शैक्षिक कार्यक्रमबारे बहस तथ्य र प्रमाणमा आधारित हुनुपर्ने आइप्यानको आग्रह

  • मङगलबार १३ असो २०८३ ०१:३० PM
काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले जनाएको छ।  आइप्यानका अध्यक्ष लक्ष्मण केसीले संस्थाको वैधानिकता वा शिक्षाको गुणस्तरमाथि प्रश्न उठाउँदा प्रचलित कानुनी व्यवस्था, कार्यक्रमको स्वीकृति, सम्बन्धित विश्वविद्यालयको एक्रेडिटेसन, डिग्रीको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता तथा विद्यार्थीको रोजगार बजारमा पहुँचलाई आधार बनाउनुपर्ने बताए।  पत्रकार सम्मेलनमा केसीले शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालन भइरहेका कार्यक्रम कुनै पनि बेला कानुनी आधारबिना बन्द हुन सक्ने भन्ने दाबी गलत भएको बताए। शिक्षा ऐन, २०२८ अन्तर्गत ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) ... The post विदेशी विश्वविद्यालय सम्बद्ध शैक्षिक कार्यक्रमबारे बहस तथ्य र प्रमाणमा आधारित हुनुपर्ने आइप्यानको आग्रह appeared first on Kalika Khabar.