काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको संशोधित कार्यक्रम सार्वजनिक गर्दै उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको टुँडिखेलस्थित खुलामञ्चमा हुने जनाएको छ । समितिका अनुसार भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भइरहेकाले