अब लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

  • मङगलबार १३ असो २०८३ ०१:२० PM
काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ । यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउन लागेको हो । लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने विद्यमान