काठमाडौं । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सार्वजनिक गरिएको छ । यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित भएको हो । पुस्तकको विमोचन प्रमुख अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल,