काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेता तथा कार्यकर्ताहरू महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गरेका हुन् । उनले केही नेताहरु चुनदेवीतिर जाँदैमा पार्टी विभाजन नहुने बताए ।