नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने भएको छ। बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई उक्त सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा सोमवार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारलाई