काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। The post ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो ९.५ प्रतिशत लाभांश appeared first on Kalika Khabar.