काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन् । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति र अनुशासनविपरीत जानेमाथि कडा कारबाही हुने