काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगलाई प्रशासनिक र राजनीतिक काममा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बरको जमलस्थित सचिवालयमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सका विद्यार्थीहरूसँग भएको अन्तरक्रियामा अग्रवालले नेपालको आर्थिक हितका लागि कूटनीतिक